| आइतवार, कार्तिक २९, २०८३

गगन थापा

अर्थमन्त्रीले साहस गर्न सकेनन् ः गगन थापा

सांसद गगन थापाले सरकारले ल्याएको बजेट संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा चुकेको बताएका छन्। आर्थिक वर्ष २०७५र७६ को बजेटबारे संसदमा आफ्नो मान्यता राख्दै कांग्रेसका युवा नेता थापाले त्यस्तो धारणा राखेका हुन्।

सांसद विकास कोषलाई अर्कै नाममा निरन्तरता दिनु नपर्ने साहस गर्न नसकेर अर्थमन्त्री चुकेको आरोप उनले लगाए। उनले संघीय वित्त व्यवस्थापनमा बजेट चुकेको बताएका हुन्। त्यसैगरी मुलुकको समृद्धिमा पनि बजेट स्पष्ट र मार्गदर्शक नभएको आरोप उनले लगाए। अहिलेको बजेटले पूर्वाधार विकासमा कुनै परिणाम ल्याउन नसक्ने अनुमान पनि सांसद थापाले गरेका छन्।

उनले बजेटमा करभन्दा करको दायरा बढाउनेतर्फ ध्यान नपुगेको बताए।

प्रतिक्रिया दिनुहोस्