
नाम्जुङका यूवा जागे गाउँमै राधाकृष्ण मन्दिर बनाउन
दरौँदी ः युवा हरुको अभियानमा गोरखा जिल्ला सहिद लखन गाँउपालिका वडा नं ९ (साविक नाम्जुङ्ग वडा नं ६ ) मा अवस्थित थरिगाँउमा युवाहरुले हाम्रो गाँउ हामि आफै बनाउछौ भन्दै राधा कृष्ण मन्दिर निर्माण गर्न लागि परेका छन ।
विभिन्न दातृ निकाए तथा समाजसेवीहरुलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको राधा कृष्ण मन्दिर विकास समितिका उपाध्यक्ष सपन लामिछानेले बताए । राधाकृष्ण मन्दिर निर्माणमा १० प्रतिशत काम सकिएको छ । यस महान अभियानमा हातेमालो गर्न सम्पुर्ण स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाइ दिदिबहिनी हरुलाइ संस्थाका उपाध्यक्ष सपन लामिछानेले अनुरोध गरेका छन् ।




