| आइतवार, कार्तिक २९, २०८३

चुइगम पड्काउादै २२ करोड सिध्याउँछन् नेपाली

चुइगम पड्काउँदै २२ करोड सिध्याउँछन् नेपाली

नेपालमा व्यापारघाटा चुलिनुको कारण अनावश्यक वस्तुको खपत हुनु पनि हो । स–साना कुरामा परनिर्भर हुने नेपाली शैलीले पनि थप व्यापारघाटा बढ्न मद्दत गरेको छ ।

चालु आर्थिक वर्षको ९२०७४÷७५० ९ महिनामा २२ करोड ५ लाख रुपियाँको विदेशी चुइगम नेपालमा खपत भएको छ । अर्थात नेपालीहरूले यस अवधिमा सो रकम बराबरको चुइगम पड्काएका छन् । चैतसम्म ७ वटा देशबाट चुइगम आयात भएको छ । सबैभन्दा बढी इन्डियाबाट २० करोड १३ लाख ८५ हजार रुपियाँको चुइगम नेपाल भित्रिएको हो ।

यस्तै बङ्गलादेशबाट एक करोड २९ लाख ४० हजार रुपियाँ, कोरियाबाट ४४ लाख रुपियाँ, चीनबाट ८ लाख ४५ हजार, यूके ९संयुक्त अधिराज्य बेलायत० बाट ८ लाख ४२ हजार, अमेरिकाबाट ८६ हजार र स्विडेनबाट १ हजार ६ सय रुपियाँको चुइगम भित्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्