
२२ वर्षीया महिलाले एकै पटक जन्माईन चार सन्तान
जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्।
धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन्।
प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन्। उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन्।




