| शनिबार, कार्तिक २८, २०८३

गोरखाकी उमा भुजेल ८ महिनामा १२ पटक पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य उमा भुजेल १२ पुस २०७६ मा पक्राउ परेयता १२ जिल्लाका प्रहरी हिरासतमा थुनुवाका रुपमा बसिन्।

प्रहरीले पक्राउ गर्छ, भुजेलले आफन्त र कानून व्यवसायी मार्फत् अदालतमा चुनौति दिन्छिन्। अदालतले भुजेललाई प्रक्राउ गर्नाको कारण, उनीमाथि लगाइएको अभियोग र हिरासतमा राख्नुको कारणको वैधता जाँच्छ। कहिले साधारण तारेखमा त कहिले धरौटी लिएर छाड्न आदेश दिन्छ।

अदालतको आदेशमा उनी छुट्छिन्, तर प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गर्छ। पक्राउ गर्ने, छुनामुक्त गर्ने आदेश आउने र छुट्दाछुट्दै फेरि पक्राउ गर्ने यो क्रम पछिल्लो आठ महीनामा १२औं पटक चलिसकेको छ।

यो क्रममा जिल्ला अदालतहरुको चक्करपछि अहिले उमा सर्वोच्च अदालत आइपुगेकी छन्।

द्वन्द्वकालमा पक्राउ परी गोरखाको जेलमा राखिएकी भुजेल त्यहाँको जेल तोडेर भागेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्