| शनिबार, कार्तिक २८, २०८३

गोरखाका सौन्दर्य कला ब्यवशायीले भनेः ‘घरभाडा छुटसहित राहतको ब्यवस्था हुनुपर्‍यो’

दराैँदी समाचारदाताः सौन्दर्य कला ब्यवशायी संघ गोरखाले घरभाडा छुट लगायत बिभिन्न पाँच बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष सुकु श्रेष्ठले ज्ञापन पत्र बुझाउँदै कोभिड १९ को संक्रमणबाट जोगिने मापदण्ड पुरा गरी ब्यवशाय सञ्चालनका लागि अनुमती दिन समेत अनुरोध गरिन् ।

सरकारले पछिल्लो समय सौन्दर्य कला ब्यवशाय तत्काल नखोल्न निर्देशन गरेपछि लकडाउन भएयता देखि ब्यवशाय बन्द गर्नुपर्दा समस्या परेको गुनासो ब्यवशायीको छ । लकडाउन भएयता घरभाडा छुट, बैंकको ब्याजदरमा सहुलियत, स्थानीय करमा छुटको माग ब्यवशायीले राखेका छन् ।

यो ब्यवशाय महिलाहरुले गर्ने भएकाले राहतको ब्यवस्था गरिदिन प्रजिअ सँग ब्यवशायीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्