
गोरखा बसपार्कमा डिजिटल सुचना बोर्ड
दरौँदीः गोरखा नगरपालिकाले गोरखा सदरमुकामको बसपार्कमा कोरोना भाईरस संम्बन्धित सचेतनामुलक सामग्री देखिने गरी डिजिटल सुचना बोर्ड राखेको छ । गोरखा संग्राहालय परिसर भित्र रहने तर बसपार्क छेउबाट सहजै देखिने गरी उक्त बोर्ड राखिएको हो ।
बोर्डमा भिडियो, फोटो, सन्देशहरु देखाउन सकिनेछ । बसपार्क भएर पैदल हिड्ने सर्वसाधारण, बस प्रतिक्षामा रहने यात्रुले दिनभर उक्त चेतनामुलक सामग्री देख्न सक्नेछ । रातको समयमा अझै सहज रुपमा देख्न सकिन्छ ।

उक्त डिजिटल सुचना बोर्ड आवश्यकता अनुसार नगरपालिकाले सँधै प्रयोग गर्न सक्ने र सुचनाहरु दिन सकिने गोरखा नगरपालिकाका आईटी अधिकृत सुयोगरमण खनालले बताए । उक्त बोर्ड राख्न गोरखा नगरपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरेको उनले जानकारी दिए । अनलाईनबाट सामग्री फेरबदल गर्ने ब्यवस्था गरिएको उनले बताए ।




