
अबुवा हुँदै शेरा जाने सडक जोखिममा
दराैँदी समाचारदाताः गोरखा नगरपालिका १४ र पालुङटार नगरपालिका ९ साबिकको धुवाँकोट मिरकोट जाने सडक भत्किएको छ । गोरखा -खैरेनी सडक खण्डको अबुवादेखि शेरा जाने सडकको करिब दुई किलोमिटर अगाडी सडक पहिरिएको हो । सडक माथिबाट खसेको पानीले कटान गर्दा सडक भत्किएको स्थानीय दिपक अधिकारीले बताए ।
यात्रुबाहक र मालबहाक गाडी सहजै आउजाउ गर्न सक्ने अवस्था छैन । वर्षातका बेला उक्त खण्डमा मोटरसाईकल पनि डोर्याएर गुडाउनुपर्ने अधिकारीले गुनासो गरे । यस अघि उक्त सडक खण्डको पहिरो गोरखा नगरपालिकाले हटाएर एकतर्फी सडक सुचारु गरेको थियो । दिनदिनै वर्षात भईरहँदा सडक माथिाबाट खसेको पानीले कटान गर्दा भत्किएको हो ।




