
अर्याल मेडिकल हलले ३० औँ वार्षिक उत्सव मनायो
दराैँदी समाचारदाताः अर्याल मेडिकल हल (विज्ञान पोलि क्लिनिक सेन्टर प्रा.ली) ले आफ्नो स्थापनाको ३० औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा निःशुल्क सुगर परिक्षणसँगै नियमित प्रदान गरिने सेवाहरुमा २० प्रतिशत छुटको व्यवस्था समेत गरिएको मेडिकलले जनाएको छ । करीब १६० जना ग्राहकहरुले उक्त निःशुल्क सुगर परिक्षण गरेका र ४० जनाभन्दा बढिले अन्य सेवा २० प्रतिशत छुटमा लिएका थिए । साथै मानव सेवा आश्रममा खाद्यान्न, फलफुल, मास्क, सेनिटाइजर जस्ता सामानहरु पनि हस्तान्तरण गरिएको मेडिकल हलका सञ्चालक बिनोद अर्यालले बताए ।
३० वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, औषधि व्यवसायी संघका अध्यक्ष संगमबाबु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




