
टिएम फाउण्डेसनद्वारा शहिदलखन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
दरौँदी समाचारदाताः टिएम फाउण्डेसन नामक एक संस्थाले गोरखाको शहिदलखन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को जोखिम रहिरहेका बेला उक्त संस्थाले भिटिएम किट एक सय ५० थान, पिपिई २०, एन ९५ मास्क एक सय थान, सेनिटाईजर २० लिटर सहयोग गरेको हो ।
कोरोनाको जोखिम न्यूनिकरण गर्न गाउँपालिकालाई मद्धत पुगोस भन्ने ध्येयले सर्जिकल मास्क एक हजार पाँच सय थान, डिस्इन्फेक्ट केमिकल २० लिटर, पन्जा तीन सय जोर, अक्सिजन सिलिण्डर चार सेट प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।




