
पत्रकार श्रेष्ठद्वारा जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई क्यामेरा सहयोग
पत्रकार आत्माराम श्रेष्ठले आफ्नो जन्मतिथिको अवसर पारेर मंगलवार मानव सेवा आश्रमलाई क्यामेरा सहयोग गरेका छन् ।
साहरा बिहिन बालवालिकाको संरक्षण गर्दै आएको मानव सेवा आश्रमलाई उनले एक लाख २५ हजार मूल्य बरावरको डि एस एलआर क्याम्मेरा उपलब्ध गराएका हुन ।
आश्रममा रहेका बालवालिकाले फोटो खिच्ने र क्यामेरा चलाउने चाहना गरेकाले आफुले आश्रमलाई क्यामेरा दिएको पत्रकार श्रेष्ठले बताए । श्रेष्ठ नेपाल टेलिभिजनको गोरखा संवाददाताको रुपमा लामो समयदेखि काम गर्दै आएका छन् ।
उक्त कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा सहित जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।




