
लोपन्मुख सालकलाइ जोगाउन सचेतना कार्यक्रम
आषिश कुमार भट्टः युएसएआईडीको आर्थिक सहयोगमा डब्लुडब्लुएफको हरीयो वन कार्यक्रम अन्तर्गत सालक तथा सालकको बासस्थान संरक्षण, चोरी सिकारी र अवैध व्यापार नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विरेन्चोक सामुदायिक वन तथा लुदी दामगाडे सामुदायिक वनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा लोप हुन लागेको सालकको जीवनचक्र तथा चोरी सिकारी हुनका कारण बारेमा जानकारी दिइएको, उक्त कार्यक्रमकी सहजकर्ता गिता देवकोटाले बताइन् ।
मासुको लागी, छालाबाट विभिन्न बस्तुहरु बनाउनका लागी र मुख्यत औषधी बनाउनको लागी यसको चोरी सिकारी हुने गरेका पनि उनले बताइन । सालकको मासु र खपटा चिनियाँ औषधीमा प्रयोग हुने भएकोले देशको विभिन्न ठाउँबाट काठमाडौँ उपत्यकालाइ केन्द्रविन्दु बनाइ चिनतर्फ तस्कर हुने भएको पनि बताइन ।
सालक, हाल नेपालमा लगभग पाँचहजार संख्या मात्र रहेको छ । वन अधिकृत महेश पौडेल र गिता देवकोटाले उक्त कार्यक्रम सहजिकरण गरेका थिए ।




