
मुग्लिन नारायणगढ सडक दुईतर्फी खुल्यो
पहिरोका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी खुलेको छ । गएराती वर्षातसँगै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । आज बिहान सवेरै देखि सडकको पहिरो पन्छाउने काम भएको र अहिले सडक दुईतर्फी खुलेको मुग्लिन प्रहरीले जनाएको छ । ठाउँ ठाउँमा पहिरो बगेकाले जोखिम भने कायमै छ ।




