| शनिबार, कार्तिक २८, २०८३

विद्युत महशुल उठाउन लकडाउन बाधक

दराैँदी समाचारदाताः नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा आवद्ध ग्राहकले लकडाउनका बेला बिजुली बत्तीको महशुल बुझाउन सकेनन् । जसका कारण बिगत वर्षमा गत असार मसान्तसम्म केन्द्रको बक्यौता रकम दोब्बरले बढेको छ ।

२०७५/०७६ मा दुई करोड २५ लाख ५८ हजार बाँकी बक्यौता रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्म बक्यौता रकम चार करोड २६ लाख ५२ हजार पुगेको छ । ‘लकडाउनका कारण ग्राहकको घरघरमा मिटर रिडिङ गर्न समस्या भएकाले बक्यौता धेरै देखिएको हो’ बितरण केन्द्र प्रमुख माधव न्यौपानेले भने ।

केही बक्यौता भने लामो समयदेखि सरकारी, सामुदायिक र ब्यक्तिगत पनि केही रहेको उनले बताए । बक्यौता बाँकी हुने ग्राहकलाई मिटरको युनिट टिपेर घरैमा बसेर बिल भुक्तान गर्न मिल्ने थियो । सबै ग्राहक सक्षम नभएकाले अधिकासंले कार्यालयमा गएर तिर्ने हुँदा बक्यौता धेरै रहेको केन्द्रको अनुमान छ । समयमै बक्यौता रकम तिर्न कार्यालयले सुचना गरेको केन्द्र प्रमुख न्यौपानेले बताए । ‘अब समस्या छैन, घरघरमा गएर रिडिङ गर्न सुरु गरिसकेका छौँ’ उनले भने ।

गत वर्ष विद्युत चोरीबाट कार्यालयले दुई लाख ६३ हजार असुल गरेको छ भने विद्युत चोरी गरेकाहरुबाट ११ हजार रुपैयाँ असुल गरेको छ । गएको आर्थिक वर्ष ट्रान्सफर्मर भने कम क्षति भएको छ । अघिल्लो वर्षको तुलनामा २९ वटा कम जलेको हो । २६ वटा ट्रान्सफर्मरमा क्षती पुगेको केन्द्रको तथ्याङ्क छ ।

तीन सय ११ ग्राहकका लाईन काटिएको र चार लाख ६५ हजार जरिवाना अशुल गरिएको छ । गत एक वर्षमा ३२ किलोमिटर ३३ केभिको लाईन बिस्तार गरिएको गोरखामा पाँच सय ६६ किलोमिटर ११ केभि र एलटी लाईन दुई हजार एक सय ६९ किलोमिटर बिस्तार गरिएको केन्द्र प्रमुख माधव न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्