
राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन गठन
दराैँदी समाचारदाताः गोरखा नगरपालिका ७ धारापानी घर भई हाल काठमाडौं बस्ने जनार्दन आचार्यको अध्यक्षतामा राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन गठन भएको छ ।
शनिबार नेपाली काङ्ग्रेसका सांसद प्रकाशमान श्रेष्ठले फाउण्डेशनको उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, फाउण्डेशनका अध्यक्ष आचार्य, कार्यक्रमका अध्यक्ष विष्णुबहादुर सिलवाल, भक्तपुर क्यान्सर अस्पतालका प्रमुख ऋषिकेशनारायण श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । सो फाउण्डेशनले क्यान्सरको बारेमा देशभर जनचेतनामुलक कार्यक्रम गर्ने, क्यान्सरबाट पिडित आर्थिक अबस्था कमजोर भएकालाई आर्थिक सहयोग गर्ने, घरदेखि अस्पतालसम्म जाने वातावरण बनाइदिने उद्देश्य तयार गरेको छ ।
फाउण्डेशनले एक प्रेस विज्ञप्ति जारी गरी लामो समयसम्म उपचारार्थ अस्पतालमा बस्नु पर्ने क्यान्सर पिडित तथा उनका आफन्तलाई व्यवस्थापनको जिम्मा लिने, क्यान्सरका बिरामीलाई मात्र बोक्ने गरी एम्बुलेन्स सेवा सञ्चालन गर्ने उद्देश्य तय गरेको छ । त्यस्तै सो फाउण्डेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सँस्थासंग समन्वय गरी क्यान्सर पीडितलाई यथासीघ्र उपचारको ब्यबस्था मिलाउने लक्ष्य तथा उद्देश्य तय गरेको ।




