
गोरखाको क्वारेण्टाइनमा २४१ जना, आइसोलेशनमा १५ जना
दराैँदी समाचारदाताः गोरखाको बिभिन्न क्वारेण्टाइनमा अहिले दुईसय ४१ जना छन् । आइसोलेशनमा जम्मा १५ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
८४ वटा क्वारेण्टाइन स्थलका एकहजार ३० बेडमा अहिले जम्मा दुईसय ४१ जना मात्र रहेको कार्यांलयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए । यसअघि क्वारेण्टाइनमा एकहजार चारसय ३१ जना रहेका थिए । जसमध्य एकहजार एकसय ९२ जना उपचारपछि घर फर्किसकेका कार्यालयले जनाएको छ ।
त्यस्तै हाल गोरखामा १५ जना कोरोना संक्रमित मात्र उपचाररत छन् । यसअघि रहेका एकसय दुई जनामध्य ८५ जना उपचारपछि घर फर्केका, दुई जनाको मृत्यू भएको कार्यालयले जनाएको छ ।
एकहजार छसय ९३ जनाको स्वाब संकलन गरिएकामध्य गोरखामा हालसम्म एकहजार पाँचसय ९१ जनाको नेगेटिभ रिपोर्ट आएको, एकसय दुईजनाको पोजेटिभ रिपोर्ट आएको छ भने पाँचसय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।




