
गाँजा फाँड्दै गोरखा प्रहरी
दराैँदी समाचारदाताः नयाँ प्रहरी प्रमुखका रुपमा एसपी सुरेन्द्र गुरुङ गोरखा आएपछि गाँजा फाँड्ने अभियान थालनी गरेका छन् । मातहतका सबै चौकी र इलाका प्रहरी कार्यालयलाई आफ्नो सेवा क्षेत्र भित्र शान्ति सुरक्षा कायम राख्न र सामाजिक काममा सक्रिया हुन निर्देशन दिएको उनले बताए ।
‘गाँजा लागुऔषधको रुपमा प्रयोग गर्ने भएकाले युवाहरुलाई कुलतबाट बचाउन प्रहरीले टोलटोलमा यो अभियान चलाएको छ’ एसपी गुरुङले भने । शुक्रवार गोरखा नगरपालिका वडा नम्बर ८ स्थित खत्री गाउँमा करिब छ सय बोट गाँजा फडानी गरिएको छ । प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यस अघि घ्याम्पेशाल, आरुघाट लगायत ठाउँमा पनि प्रहरीले सार्वजनीक ठाउँमा उम्रिएका गाँजाको विरुवा नष्ट गरेको थियो ।




