| शनिबार, कार्तिक २८, २०८३

ट्रेकिङको क्रममा मृत्यू भएका लाप्राकका गाईडको परिबारलाई राहत रकम प्रदान

दराैँदी समाचारदाताः मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले ट्रेकिङको क्रममा मृत्यूवरण गरेका गोरखा लाप्राकका एक पथ प्रदर्शकका आफन्तलाई राहत रकम प्रदान गरेको छ । अघिल्लो हप्ता चुमनुब्री ३ जगतमा एक कार्यक्रमका बीच उपसमितिका संयोजक गणेश कार्कीले धार्चे ४ लाप्राकका तिसबहादुर गुरुङलाई राहत रकम रु ५० हजार प्रदान गरेका हुन् ।

गत मङ्सीर २० गते लार्के पिक पुगेर फर्केका गुरुङको चुमनुब्री गाउँपालिका १ साम्दोको होटल याकमा मृत्यू भएको थियो ।

कमाइ गर्ने बुबा आमाका एक्ला छोराको टूेकिङका क्रममा निधन भएको र परिबारको आर्थिक अबस्था ज्यादै कमजोर भएकाले राहत रकम उपलब्ध गराइदिनका लागि चुमनुब्री पथप्रदर्शक समितिले निवेदन दिएको थियो ।

मनास्लु क्षेत्रका एकसय वटा होटलको कुपनबापत संकलित रकमबाट उपसमितिले सहयोग गरेको कार्कीले बताए ।मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले ट्रेकिङको क्रममा मृत्यूवरण गरेका गोरखा लाप्राकका एक पथ प्रदर्शकका आफन्तलाई राहत रकम प्रदान गरेको छ । अघिल्लो हप्ता चुमनुब्री ३ जगतमा एक कार्यक्रमका बीच उपसमितिका संयोजक गणेश कार्कीले धार्चे ४ लाप्राकका तिसबहादुर गुरुङलाई राहत रकम रु ५० हजार प्रदान गरेका हुन् ।
गत मङ्सीर २० गते लार्के पिक पुगेर फर्केका गुरुङको चुमनुब्री गाउँपालिका १ साम्दोको होटल याकमा मृत्यू भएको थियो ।

कमाइ गर्ने बुबा आमाका एक्ला छोराको टूेकिङका क्रममा निधन भएको र परिबारको आर्थिक अबस्था ज्यादै कमजोर भएकाले राहत रकम उपलब्ध गराइदिनका लागि चुमनुब्री पथप्रदर्शक समितिले निवेदन दिएको थियो ।

मनास्लु क्षेत्रका एकसय वटा होटलको कुपनबापत संकलित रकमबाट उपसमितिले सहयोग गरेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्