
मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले पाँचलाख रुपैयाँ बाँड्यो
दराैँदी समाचारदाताः मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिल मनास्लु क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई रु पाँचलाख वितरण गरेको छ । कुपनबाट संकलित पाँचलाख ६५ हजार छसय रुपैयाँ वितरण गरेको उपसमितिका संयोजक गणेश कार्कीले जानकारी दिए ।
चुमनुब्री गाउँपालिका वडा नं. १ देखि वडा नं. ७ सम्मका एकसय जना होटल व्यवसायीहरुलाई उनीहरुले दिएको कुपनको आधारमा रकम वितरण गरिएको हो ।
उपसमितिले पर्यटकका गाइड र भरियालाई जगतबाट कुपन दिएर पठाउँछ । कुपन लिएवापत उनीहरुले प्रति छाक खाना खाएको रु दुईसयका दरले उपसमितिलाई रकम बुझाएका हुन्छन् । सोही क्ुपन व्यवसायीले उपसमितिलाई फिर्ता गरेपछि रकम पाउने व्यवस्था रहेको छ ।
गत वर्षको तुलनामा यो वर्ष कुपनबाट संकलीत रकम घटेको कार्कीले बताए । पर्यटनको मुख्य सिजनमा लकडाउनका कारण पर्यटक आवागमन हुन नसकेपछि सो रकम घटेको उनले बताए ।




