| शनिबार, कार्तिक २८, २०८३

आँबुखैरेनी-गोरखा सडक बाह्रकिलोमा भासियो

गोरखा-आँबुखैरेनी सडक खण्डको बाह्रकिलोमा सडक भासिएको छ । गोरखा नगरपालिका ११ मा पर्ने उक्त ठाउँमा लगातारको वर्षातका कारण शुक्रवार राती सडक भासिएको स्थानीय अनिल कुँवरले बताए ।

‘बिचमा सडक भ्वाङ परेको छ, उक्त ठाउँमा दोहोर सवारी चल्न सक्दैन ।’ बिच सडकमा ठुलो खाल्डो परेपछि स्थानीय आश्चर्यमा परेका छन् । सडक डिभिजन कार्यालय दमौलीले तत्काल मर्मत गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्