| शनिबार, कार्तिक २८, २०८३

धार्चे चिनाउने चार गीतको म्युजिक भिडियो बिमोचन

दरौँदी समाचारदाताः धार्चेको पहिचान झल्काउने चारवटा गीतको म्युृजिक भिडियो बिमोचन गरिएको छ । गाउँपालिकाको कार्यालय माछाखोलामा एक समारोहको आयोजना गरी शनिबार गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ र उपाध्यक्ष फूलमाया गुरुङले म्युजिक भिडियो बिमोचन गरेका हुन् ।

धार्चे गाउँपालिका वडा नं. २ केरौंजामा प्रचलित नारा पर्व, धार्चे गाउँपालिका ७ भीरकुनालाई चिनाउने गीत, उत्तरी गोरखाको ठाडो भाका र स्थानीय भाषाको ‘चैत ल ने’ भन्ने गीतको बिमोचन गरिएको सबै गीतका प्रोडुसर आइतराम गुरुङले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फूलमाया गुरुङ, वडाअध्यक्षहरु तुलबहादुर गुरुङ, राज गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सो म्युजिक भिडियोका गीतहरुमा मिलन अमात्य, पुनम गुरुङ, गीता पाइजा मगर, आइतराम गुरुको स्वर रहेको छ । त्यस्तै सबै गीतको शव्द आइतराम गुरुङको रहेको छ भने आँशु लामा, तेजेन्द्र गुरुङ र आइतराम गुरुङको संगीत रहेको छ । आइतराम गुरुङको निर्देशनमा निर्मित म्युजिक भिडियोहरुमा मिस आदिवासी २०१९ एलिजा गुरुङ, मिस गुरुङ २०१९ सुस्मिता गुरुङ, एञ्जिला गुरुङ, साधना गुरुङ, लीला गुरुङ, जोनिसा गुरुङ, लक्ष्मी, कुमारी, सुशीला गुरुङ, आइतराम, राज, लालबहादुर, जीतबहादुर गुरुङले अभिनय गरेका छन् ।

चारवटै म्युजिक भिडियो धार्चे गाउँपालिकाको कला, साहित्य, संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत निर्माण भएको गाउँपालिकाको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्