| शनिबार, कार्तिक २८, २०८३

लायन्स अध्यक्ष श्यामबाबु श्रेष्ठद्वारा पदभार ग्रहण

दरौँदी समाचारदाताः वर्ष २०२०/२१ का लागि लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

निर्वतनमा अध्यक्ष अच्यूतलाल श्रेष्ठले शनिवार आयोजित एक कार्यक्रमका बिच वर्तमान अध्यक्ष श्रेष्ठलाई निणर्य पुस्तिका हस्तान्तरण गरेका हुन् । पदभार हस्तान्तरण गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए भने पदभार ग्रहण गरेका अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा लायन्स क्वल मार्फत सामाजिक कामलाई बढाउँदै लैजाने योजना रहेको बताए ।

गत चैत ८ गते भएको अधिवेशनले यस वर्षका लागि अध्यक्षमा श्यामबाबु श्रेष्ठ सहितको नयाँ कार्य समिति चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्