
रोटरी क्लवअफ गोरखामा काशिनाथ, बज्रमनास्लुमा विष्णु राना
दरौँदी समातारदाताः गोरखामा काम गरिरहेका दुई रोटरी क्लवले बर्ष २०२०।०२१ का लागि नयाँ समिति चयन गरेको छ । जुलाई १ मा सम्पन्न दुवै क्लवका रोटरियनहरुको भेलाले नयाँ समिति पुनर्गठन गरेका हुन् ।
रोटरी क्लव अफ गोरखाले काशिनाथ अम्गाईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ भने रोटरी क्लव अफ बज्रमनास्लुले विष्णु रानाको अध्यक्षतामा समिति चयन गरेको छ ।
रोटरी क्लव अफ गोरखाको रोटरियनहरुको भेलाले प्रेसिडेण्ट इलेक्टमा विशाल राना मगर, प्रेसिडेण्ट नोमिनीमा कृष्ण ढकाल, भाइस प्रेसिडेण्टमा ज्ञानहरि अर्याल, सेक्रेटरीमा रामस्वरुप श्रेष्ठ, ट्रेजररमा शोभा प्रधानलाई चयन गरेको छ । सो रोटरी क्लवमा ४२ जना आवद्ध छन् ।
त्यस्तै रोटरी क्लव अफ बज्रमनास्लुका रोटरियनहरुको भेलाले प्रेसिडेन्ट ईलेक्टमा कृष्णमान श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा रामकुमार श्रेष्ठ, उपाध्यक्ष नोखवहादुर(अमृत) बोगटी र सचिव शिशुबाबु प्रधानलाई चयन गरेको छ ।
त्यस्तै कोषाध्यक्षमा किरणबाबु श्रेष्ठ, सह(सचिव बिनोद अर्याल, क्लब एडमिन डाइरेक्टर सुवासबाबु श्रेष्ठ, पब्लिक ईमेज डाईरेक्टर गणेशबाबु श्रेष्ठ, सर्भिस प्रोजेक्ट डाईरेक्टर सुजन श्रेष्ठ रहेको क्लबले जनाएको छ ।
द रोटरी फाउन्डेशन डाईरेक्टरमा दामोदर घिमिरे, मेम्बरसीप ग्रोथ डाईरेक्टरमा भोलाप्रसाद मरहट्टा, सर्जेन्ट एट आर्ममा बाबुराम श्रेष्ठ रहेका छन् ।
त्यसैगरी रोटरी अन्तरगतको टिच कमिटीको अध्यक्षमा बिदुर वानियाँ र क्लबको कार्यकारी सचिवमा सुमेन्द्र श्रेष्ठ निविरोध चयन भएको रोटरी क्लब अफ बज्र मनासलुले जानकारी दिएको छ । त्यस्तै बुधबार नै रोट्र्याक्ट क्लब अफ बज्र मनासलुले आफ्नो स्थापनाको चौथो दिवश समेत मनाएको छ ।




