| शनिबार, कार्तिक २८, २०८३

छ महिना अघि ठडिनुपर्ने गोरखा दरबारको काम ४० प्रतिशत मात्रै

अश्विन दानीः आजभनदा ६ महिना अघि सम्पन्न भइसक्नुपर्ने गोरखा दरबार पुन निर्माणको काम ठेकदारले सम्झौता अनुसार नगर्दा ४० प्रतिशत मात्रै पुरा भएको छ । पटक पटक म्याद थप हुँदा दबार पुन निर्माण पुरा नभएको हो । २०७४ कार्तिक महिनामा लागेको ठेक्का सम्झौताअनुसार काम भएको भए अहिले दरबार बनिसकेको हुन्थ्यो । दुई बर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी पचली सिवाको जेभी कन्सटूक्सले निर्माण जिम्मा लिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । सम्झौता अनुसार २०७६ मङ्सिर मसान्तसम्ममा दरबार ठडिएको हुनुपथ्र्यो । कन्सटूक्सनले चार करोड ३५ लाख रुपैँया लागतमा दरबार पुनर्निर्माणको जिम्मा लिएर काम भने कछुवा गतीमा गरेको छ ।

ठेक्का सम्झौता भएको म्याद सकिँदा सम्म गोरखा दरबार पुनर्निर्माण अलपत्र पारेर ‘गायब’ भएका ठेकेदारले पाँच महिनाभित्र दरबार पुनर्निर्माणको काम सक्ने प्रतिबद्धता गरेपछि पुरातत्व विभागले गत पुस ४ गते २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप गरिदिएको थियो ।

गत माघ नौ गते विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र ठेकेदार स्वयं उपस्थित भई लिखित स्पष्टीकरण दिन माग गरेको थियो । विभागले माग गरेको १५ दिने स्पष्टिकरणको अन्तिम दिन ठेकेदारले विभागसँग अबको पाँच महिनाभित्र दरबारको पुनर्निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार बिभागले ६ महिना म्याद थप गर्यो । तर, म्याद थप भएको केही दिन ाममा फर्किए जस्तो गरेर ठेकेदार पुन बेपत्ता भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

फेरी म्याद थप

गोरखा दरबार पुननिर्माणको जिम्मा लिएर समयमै काम सम्पन्न गर्नुको साँटो म्याद रहँदासम्म बेपत्ता हुदै आएका ठेकेदारलाई पुन म्याद थप गरिएको छ । गत जेठ २८ गतेक पुननिर्माण प्राधिकरणको सचिव स्तरीय निणर्यले आगामी मंसिर मसान्तसम्मका लागि म्याद थप गरेको गोरखा दरबार हेरचाह अयाका प्रमुख हरी भुषालले जानकारी दिए । म्याद थप भएपनि ठेकेदार अहिलेसम्म काममा फर्किएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्