| शनिबार, कार्तिक २८, २०८३

पहिरोले धार्चेका ठाउँठाउँमा सडक अवरुद्ध

दरौँदी समाचारदाताः पहिरोले धार्चे गाउँपालिकाका ठाउँठाउँमा पहिरो गएको छ । शनिबार रातभरको बर्षातले सोतीबाट धार्चे प्रवेश गर्ने फुङ्गी खोलामा पहिरो झरेर सडक अबरुद्ध गरेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।

जेसिबी लगाएर पहिरो हटाएपछि दिउसोबाट सडक पुनसंचालनमा आएको उनले बताए । त्यस्तै वडा नं. ५ गुम्दाबाट वडा नं. ७ लापु गाउँ जाने सडक पनि आइतबार दिउसोको सुख्खा पहिरोले पुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्