
बारपाकका होमस्टेलाई स्वाँरा सघनको सहयोग
दरौँदी समाचारदाताः स्वाँरा सधन गाउँविकास केन्द्र गोरखाले बारपाकमा रहेका होमस्टेहरुलाई कार्यालय ब्यबस्थापनका लागि सामान हस्तान्तरण गरेको छ । अन्राष्ट्रिय बिकासका लागि संयुक्त राज्य एजेन्सीको आर्थिक सहयोगमा प्रकृतिको लागि विश्वब्यापी कोष र स्वाँरा सधनको साझेदारीमा सामान हस्तान्तरण गरिएको हो ।
हरियो बन कार्यक्रम अन्तर्गत बारपाकमा रहेका होमस्टेहरुलाई ब्यबस्थित बनाउन कार्यालय स्थापनाका लागि सामान हस्तान्तरण गरेको स्वाँरा सधन गाउँ विकास केन्द्रका अध्यक्ष सिताराम श्रेष्ठले जानकारी दिए ।
‘अहिले बारापकमा जम्मा २० ओटा होमस्टेहरु छन् । तर, तीनीहरु ब्यबस्थित छैनन्’, श्रेष्ठले भने, ‘त्यसैले त्यहाँका सबै होमस्टेहरुलाई ब्यबस्थित बनाउनका लागि कार्यालय स्थापना गर्न सहयोग गरेका हौँ ।’
होमस्टे संचालनलाई ब्यबस्थित र सहजता बनाउनका लागि ३ थान टेबल,१ थान दराज, ३० मिटर कार्पेट, ३० थान प्लास्टीकको कुर्सी, १ थान होमस्टेको परिचय झल्काउने गरी तयार गरिएको होर्डिङ्ग बोर्ड, २० थान होमस्टे सञ्चालकको बिबरण सम्पर्क नंं., घर नं., कोठा संख्या,बेड संख्या सहितको बोर्ड, ४१ थान होमस्टेमा पालना गर्नुपर्ने नितिनियम सहितको आचार संहिता फ्लेक्स, २१ थान होमस्टे किन र केका लागि भन्ने जानकारी राखिएको फ्लेक्स प्रिन्ट सहयोग गरिएको उनले बताए ।
स्वाँरा सधनल बारपाक होमस्टे समितिका अध्यक्ष खेमराज घलेको अध्यक्षतामा रहेको समितिलाई उक्त सामान हस्तान्तरण गरेको हो ।




