
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री प्रदान
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीसौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री प्रदान गरेको छ ।
आइतबार मानव सेवा आश्रम गोरखामा पुगेर कम्पनीको गोरखा शाखा अन्तर्गतका स्टाफहरुले खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।
लकडाउनका बेला खाद्यान्न अभाव हुननदिन आलु, चिनी, दाल, नून, तेल, चियापत्ती, चिउरा, साबुन, हर्पिक, ब्रस मन्जन, चना, जिरा, धनियाँ, दालमोठ, फुरन्दाना, आटा प्रदान गरिएको शाखा मेनेजर प्रसिद्ध पोखरेलले जानकारी दिए ।
कम्पनीको क्षेत्रीय कार्यालय पोखरा माताहतका कर्मचारीको सहयोगमा गोरखा मानव सेवा आश्रमलाई सहयोग गरिएको पोखरेलले बताए । कोरोनाको संक्रमणबाट उत्पन्न विपद व्यवस्थापन कोषका लागि कम्पनीले एक करोड रुपैयाँ प्रदान गरेको पोखरेलले बताए ।




