| शनिबार, कार्तिक २८, २०८३

जन्म दिनमा सुरक्षाकर्मीलाई मास्क र खाद्यान्न बितरण

अाफ्नाे जन्म दिनको अवसरमा गाेरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरका साेम श्रेष्ठले सुरक्षाकर्मीहरुलाई मास्क तथा खाद्यान्न सामाग्री वितरण गरेका छन्।
देशभर काेराेना भाइरसकाे सम्भावित संक्रमण न्युनिकरणका लागि सरकारले गरेको लकडाउनकाे समयमा गलबार (अाज) परेकाे जन्म दिनको अवसरमा श्रेष्ठले जिल्ला प्रहरी कार्यालय गाेरखामा कार्यरत प्रहरीहरुका लागि मास्क तथा खाद्यान्न वितरण गरेका हुन्।
श्रेष्ठले प्रहरीलाई चार सय थान मास्क तथा चाउचाउ बिस्कुट वितरण गरेका हुन्।
नेपालमा काेराेना भाइरसकाे सम्भावित संक्रमण न्युनीकरणका लागि प्रहरीले महत्वपूर्ण भुमिका निर्वाह गरेपनि उनिहरुकाे तलब काटेर सरकारले मनाेबल गिराउने काम गरेकाले प्रहरीकाे अात्मवल बढाेस् भन्ने उदेश्यले मास्क र खाद्यान्न सहयाेग गरेको उनले बताए।
‘काेराेना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि नेपालको सन्दर्भमा लकडाउन अति उत्तम छ। लकडाउन कार्यान्वयन गर्नका लागि देशभरका सुरक्षा कर्मीहरु दिनरात नभनी अाफ्नाे सुरक्षाकाे प्रवाह नगरी ड्युटी गरिरहेका छन्’, उनले भने, ‘तर, सरकारले प्रहरीकै तलब काटेर प्रहरीकाे मनाेबल गिराउने काम गरेकाे छ। त्यसैले मैले अाफ्नाे जन्म दिनको अवसरमा उहाँहरुकाे कामकाे सम्मान गर्दै अात्मबल बढाेस् भन्ने उदेश्यले सहयाेगले गरेकाे हुँ ।’
लकडाइनकाे समयका जन्म दिन मनाउने वहानामा पार्टी गरेर भिडभाड गर्नुकाे साँटाे सुरक्षाकर्मी, स्वास्थ्य कर्मी तथा सन्चारकर्मीहरुलाई सक्दाे गर्न उनकाे सुझाव छ।
श्रेष्ठ गाेरखा नगरपालिका वडा नम्बर ५ शतिपिपलमा रहेकाे क्याफे दि गाेरखा चाैतारीका सन्चालक हुन्।

प्रतिक्रिया दिनुहोस्