| शनिबार, कार्तिक २८, २०८३

गोरखाको पौवाटारमा अस्थायी प्रहरी चौकी उद्घाटन

गोरखाको पालुङ्टार नगरपालिका ६, पौवाटारमा नवनिर्मित अस्थायी प्रहरी चौकीको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलको अध्यक्षतामा आयोजित समारोहमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रनामनि(डिआइजी) विनोद शर्मा घिमिरेले चौकी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारी, नगरपालिकाकी उपप्रमुख पम्फा बसेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्