
हिमालयन युवा समाजको अध्यक्षमा देवकोटा
दरौँदी समाचारदाता ः गोरखा नगरपालिका वडा नम्बर १२ का मनोज देवकोटाको अध्यक्षतामा युवाहरु मिलेर हिमालयन युवा समाज गठन गरेका छन् । शैक्षिक, स्वास्थ्य, सामाजिक र बिकास निर्माणको क्षेत्रमा सहयोग सँगै खबरदारी गर्ने उद्देश्यले युवा समाज गठन गरिएको अध्यक्ष देवकोटाले बताए ।
‘हामीले सबै युवाहरु अट्ने गरी क्लवको बिधान र योजना बनाउँदैछौँ’ अध्यक्ष देवकोटाले भने सोमवार गोनपा १२ दशकिलोमा भएको युवाहरुको भेलाले समाजको उपाध्यक्षमा सुरेन्द्र कुमाल, सचिव विनोद पन्थ, कोषध्यक्ष विल बहादृुर थापा लगायत ५० जना सदस्यहरु सर्वसम्मत चयन गरेको हो ।




