
सामाजिक सञ्जालको दुरुपयोगबाट हुनसक्ने अपराध न्यूनिकरण सम्बन्धी अभिमुखीकरण
जिल्ला प्रहरी कार्यालय गोरखाले सामाजिक संजालको दुरुपयोगबाट हुनसक्ने सम्भावित अपराध न्यूनिकरण सम्बन्धी तालिम सञ्चालन गरेको छ । बिहिबार सामाजिक सञ्जालको दुरुपयोगबाट हुनसक्ने सम्भावित अपराध न्यूनिकरणका लागि गोरखा नगरपालिका ४ स्थित ढुङ्गागाढे आधारभुत बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई उक्त तालिम दिइएको हो ।
समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिप्रकाको बिद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण लैंगिक हिंसा, बालविबाह, जातीय छुवाछुत, मानव वेचबिखन, घरेलु हिँसा जस्ता बिभिन्न अपराध हुने गरेको छ ।
सामाजिक संजालको दुरुपयोगबाट हुने अपराध तथा प्रयोग गर्दा ख्याल गर्नु पर्ने कुराहरु सम्बन्धी कक्षा संचालन तथा चेतनामुलक कार्यक्रम गरिएको । सामाजिक सञ्जालको दुरुपयोग बाट समाजमा हुने गरेका सम्भावित अपराध न्यूनीकरण गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।




