
गोरखाका तीन स्थानीय तह अतिदुर्गम ६ वटा ‘दुर्गम’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गोरखाका नौवटा स्थानीय तहलाई ‘दुर्गम’मा समावेश गरेको छ ।
मन्त्रालयले तयार गरेको तथ्याङ्क मा यहाँका ११ वटा स्थानीय तहमध्य नौवटा स्थानीय तहलाई दुर्गमको सूचीमा समावेश गरेको हो । मन्त्रालयले तयार गरेको सूचीमा चुमनुब्री, धार्चे र अजीरकोट गाउँपालिकालाई ‘क’ वर्ग अथवा अतिदुर्गममा समावेश गरिएको छ ।
त्यस्तै आरुघाट, गण्डकी, बारपाक सुलिकोट, भीमसेन थापा, शहीदलखन र सिरानचोक गाउँपालिकालाई ‘ख’ अथवा दुर्गममा समावेश गरेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकालाई मन्त्रालयले ‘ग’ वर्ग अथवा ‘मध्यम’ मा सूचीकृत गरेको जनाएको छ ।




