| शनिबार, कार्तिक २८, २०८३

दोहोरी प्रतिष्ठानले गर्यो कलाकारलाई सम्मान

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले कलाकारहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रम गरी प्रतिष्ठानले गोरखा जिल्लामा लोक तथा दोहोरी गीतको बिकासका निम्ति अमूल्य योगदान गर्ने गायक कलाकार तथा कलाप्रेमीहरुलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले केन्द्रिय सदस्यहरु सागर गुरुङ र प्रकाश भट्ट, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ, प्रदेश सदस्यहरु शिव केसी र होम गुरुङलाई सम्मान गरेको जनाएको छ । त्यस्तै प्रतिष्ठानका संरक्षक रामचन्द्र अर्याल, सल्लाकारहरु भगवानबाबु मास्के, टेकबहादुर उपरकोटी, दिनेश तमु, काजिराम अधिकारी, मिरा पाण्डे, दिपसागर थापा तथा गोरखा काठमाण्डौँ साँस्कृतिक समाजका अध्यक्ष बिरबल ढकाललाईसमेत सम्मान गरेको थियो ।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाकी अध्यक्ष मिनाकुमारी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य शिव केसी, सागर गुरुङ तथा प्रतिष्ठानका संरक्षक रामचन्द्र अर्यालले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्