| शनिबार, कार्तिक २८, २०८३

शहीद लखन गाउँपालिका ४ ताक्लुङको वडा कार्यालय उद्घाटन

शहीद लखन गाउँपालिका वडा नं. ४ को वडा कार्यालयको नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले कार्यालय भवन उद्घाटन गरेका हुन् ।

गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन समारोहमा प्रमुख अतिथि सांसद अधिकारी, गाउँपालिकाकी उपप्रमुख तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा नं. ४ का अध्यक्ष कृष्ण चेपाङ, वडा नं. ५ का अध्यक्ष यमबहादुर राना, वडा नं. ८ का अध्यक्ष काशिनाथ अम्गाईले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका शहीद लखन गाउँपालिका संयोजक मनोज जोशी, सिँजाली माविका प्रधानाध्यापक बल नारायण श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गरेका कार्यक्रम सञ्चालक शिक्षा शाखा प्रमुख मोहनराज विष्टले जानकारी दिए ।

सो वडाको कार्यालय ताक्लुङ रिञ्जेलीगाउँ बरडाँडामा निर्माण गरिएको हो । करिब ५० लाख रुपैयाँको लागतमा चार कोठे सो भवन निर्माण भएको विष्टले जानकारी दिए ।

शहीद लखन गाउँपालिकाको वडा नं. २ र ८ को कार्यालय भवन उद्घाटनको चरणमा छ भने वडा नं. ३ को भवन निर्माण कार्य हालै सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्