
धार्चे र चुमनुब्रीमा चल्ला बितरण
धार्चे गाउँपालिका ३ माछाखोलामा एक सय जना सर्वसाधारणलाई कुखुराको चल्ला बितरण गरिएको छ । यूकेएड् र डिएफआईडीको सहयोगमा मट म्याक्डोलान्डद्धारा पूर्णिमा परियोजनाको साँझेदारीमा फेज नेपालले उक्त सहयोग गरेको हो ।
धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङको अध्यक्षतामा बिहिवार एक कार्यक्रमका बिच एक सय जनालाई २०÷२० वटाको दरले गिरिराज कुखुराको चल्ला बितरण गरेकी हुन् । चल्ला सँगै हरेकलाई पाँच केजी दाना, एउटा दाना खुवाउने भाँडो र पानी खुवाउने भाँडा पनि बितरण गरिएको पूर्णिमा परियोजनाको च्यालेन्ज फन्ड फिल्ड अधिकृत विष्णु दवाडीले बताईन । कमजोर आर्थिक स्तर भएकाहरुको जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले उक्त चल्ला सहयोग गरिएको संस्थाले जनाएको छ । वडा कार्यालय र संस्थाले लाभग्राही चनौट गरेर चल्ला बितरण गरेको जनाएको छ । कार्यक्रममा धार्चे गाउँपालिका ३ का अध्यक्ष इन्द्रप्रसाद गुरुङ, पशु शाखाका जेटिए ठाकुर ढकाल, फेज नेपालका धार्चे गाउँपालिका संयोजक सुरज नेपला र परियोजना अधिकृत गोबिन्द ढकाल लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा चुमनुब्री गाउँपालिकाका ७० जना किसानलाई बितरण गर्ने गरी चरिया खच्चड मार्फत कुखुरा र दाना लगायत सामग्री पठाइएको अधिकृत दवाडीले बताईन ।




