| शनिबार, कार्तिक २८, २०८३

अपाङ्गता भएकाहरुलाई बाख्रा, कुखुरा र कृषि औजार बितरण

दरौंदी ः अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकामा बाख्रा, कुखुरा र कृषि सामग्री बितरण गरेको छ । ख, ग र घ बर्गका अपाङ्गता परिचय पत्र भएकाहरु लाई मागका आधारमा करिब २० हजार रुपैयाँ बरावरको सामग्री बितरण गरिएको अपाङ्गता भएका ब्यक्तिहरुका लागि जिविकोपार्जन परियोजना संयोजक रेनुका कंडेलले बताईन । मंगलवार भेटेनरी अस्पताल तथा पुश सेवा केन्द्र गोरखामा आयोजित एक कार्यक्रमका बिच नगरपालिका भित्रका ८ जनालाई दुई÷दुई वटा बाख्रा र चार जनालाई कृषि सामग्री कुटो, बिउ बिजन, पाईप, पानी तान्ने मोटर लगायत बितरण गरिएको हो । उनीहरुलाई कृषि र पशुपालन संम्बन्धी दुई दिने तालिम दिएर सामग्री बितरण गरिएको परियोजना संयोजक कंडेलले बताईन । सोमवार बारपाक सुलिकोट गाउँपालिकाका तीन जनालाई बाख्रा र पाँच जनालाई गिरिराज कुखुराको १८ वटा चल्ला, दाना, खोर बनाउन सहयोग र औषधी बितरण गरिएको थियो । ‘अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउन सहयोग आर्थिक रुपमा सक्षम हुन सहयोग गरिएको हो’ परियोजना संयोजक कंडेलले भनिन् । लक्जम्बरको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित उक्त परियोजना अन्र्तगत अपाङ्गता भएकाहरुको छनौट परिचय पत्र, अवस्था लगायतका आधारमा सामाजिक परिचालकलाई स्थलगत खटाएर छनौट गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्