
सांसद दवाडीद्वारा महिला समूहको भवन निर्माणका लागि ५० हजार
गोरखाको क्षेत्र नं. २ को प्रदेश ख बाट निर्वाचित गण्डकी प्रदेश सभा सांसद प्रकासचन्द्र दवाडीले कुमालटारीको एक महिला समूहलाई ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
सांसद भएबापत प्राप्त तलबभत्ताबाट निर्वाचन क्षेत्रमा खर्च गर्ने पूर्वघोषित कार्यक्रम अनुसार सांसद दवाडीले बारपाक सुलीकोट गाउँपालिका ५ कुमालटारीको ज्वालामुखी महिला समूहलाई ५० हजार रुपैयाँ प्रदान गरेको जनाएका छन् ।
शनिबार कुमालटारी गाउँमा आयोजित एक कार्यक्रमका बीच दवाडीले समूहकी अध्यक्ष बिनाकुमारी थापालाई समूहको भवन निर्माणका लागि सो रकम प्रदान गरिएको स्थानीय नरहरि वाग्ले जानकारी दिए ।




