
समुदाय प्रहरी साँझेदारी अन्र्तगत अन्तरक्रिया
गोरखा सदरमुकाममा बुधवार ‘समुदाय, प्रहरी र सरकारी वकिल’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयको आयोजनामा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ६ अन्र्तगतका २२ वटा टोलबाट पाँच/पाँच जना सहभागी भएका थिए ।
जनप्रतिनिधी सहितको उपस्थितीमा सरकारी वकिल महदत्त पौडेलले अपराध गर्नेलाई हुने कानुनी कारवाहीको प्रक्रिया के हुने, न्याय कसरी दिने भन्ने सवालमा जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मित्रबन्धु शर्माले समुदायमा प्रहरीले कसरी काम गर्छ, अपराध अनुसन्धानको प्रक्रिया के हुन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए । समुदायमा घट्ने हरेक खाले घटनाको पहिलो सुचनाकर्ता सर्वसाधारण नागरिक हुने भएकाले अपराध अनुसन्धानमा महत्वपूर्ण भुमिका हुने बताए ।
कार्यक्रममा जिल्ला न्यायधिश रमेशकान्त अधिकारी, वडा नम्बर ६ का अध्यक्ष नारायण अर्याल सहित ७० भन्दाबढिको उपस्थिती रहेको थियो ।




