
निशुल्क स्वास्थ्य शिविरमा दुई सय ५९ ले सेवा लिए
सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरेमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा स्त्री, दन्त रोग, हाडजोर्नी, दम र बिभिन्न रोगको उपचार सेवा दुई सय ५९ जनाले लिएका थिए । बरिष्ठ हाडजोर्नी विषेशज्ञ डाक्टर इन्द्रबहादुर नापित सहितको १२ जनाको टोलीले शिविरमा उपचार गराएको हो ।
सिरानचोक गाउँपालिका ७ वडा कार्यालय, श्रीनाथकोट स्वास्थ्य चौकी, सिर्जनशील ग्रामीण युवा समाज र स्थानीय महिला समुहको संयोजन र आनन्दबन हस्पिटल प्रालिको आयोजना शिविर भएको स्थानीय बिनोद पाण्डेले बताए ।
रिच द नेशन नेपाल मिनिस्ट्रीको सहयोगमा शिविर भएको हो ।
वडा अध्यक्ष सुरज ढकालको अध्यक्षता मा भएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अथिति गाउँपालिकाका कार्यबाहक अध्यक्ष दिपक हमाल, श्रीनाथकोट स्वास्थ्य चौकीका प्रमुख विश्वनाथ पाण्डे, सिर्जनशील ग्रामीण युवा समाजका अध्यक्ष रामचन्द्र पाण्डे, रिच द नेशनका अध्यक्ष डाक्टर सिमन पाण्डे लगायतले धारणा राखेका थिए ।
आइतवारदेखि चार गते सम्म वडा नम्बर २ थालाजुङ मा पनि निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको वडा अध्यक्ष ज्ञानेन्द्र ग्ुरुङले बताए । त्यहाँ कादुरी फाउण्डेशनको आयो जना र वडा कार्यालयको समन्वय मा शिविर हुन लागेको पाण्डेले जानकारी दिए ।




