| शनिबार, कार्तिक २८, २०८३

गोरखा उद्योग वाणिज्य संघद्वारा विजया दशमीको शुभकामना आदानप्रदान

विजया दशमी, दीपावली, छठ तथा इद २०७६ को अवसर गोरखा उद्योग वाणिज्य संघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार संघको कार्यालय छहरेमा आयोजित कार्यक्रममा सहभागीहरुले संस्कृतिको संरक्षण गर्दै खर्च ब्यबस्थापन गरेर चाडबाड मनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका बक्ताहरुले चाडबाडलाई लक्षित गर्दै सुलभ मुल्यमा ग्राहकलाई गुणस्तरीय सामान उपलब्ध गराउन ब्यबसायीहरुलाई आग्रह गरे । संघका अध्यक्ष जीवनज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ, नेकपाका नेता यादब बस्नेत, नेपाली कांग्रेसका जिल्ला सभापति हरिबहादुर घले, समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, संघका प्रथम उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्