
समाजवादी पार्टी नेपाल गोरखाको अगुवा कार्यकर्ता प्रशिक्षण
संगठन निर्माण तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिइरहेको समाजवादी पार्टी नेपाल गोरखाले शुक्रबार सदरमुकाममा अगुवा कार्यकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय महासचिव गंगानारायण श्रेष्ठ, उपमहासचिव डम्वर खतिवडा र संगठन विभाग प्रमुख प्रशान्त सिंहले पार्टीको नीति तथा सिद्धान्त, संघीयता र समावेशीता लगायतका विषयमा अगुवा कार्यकर्तालाई प्रशिक्षित गराएका पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकालले जानकारी दिए ।

समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्लास्थित केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य र पालिकाका पदाधिकारीहरुको सहभागीता रहेको जिल्ला सचीव ढकालले जानकारी दिए । सो पार्टीले शनिबार गोरखा नगरपालिका स्तरीय प्रशिक्षण तथा हालै गठित कमिटिका लागि सपथ ग्रहण कार्यक्रमको आयोजना गरेको सचिव ढकालले जानकारी दिए ।




