| शनिबार, कार्तिक २८, २०८३

समाजवादीको युवा संघको अध्यक्षमा मनु तामाङ

गोरखामा समाजवादी युवा संघको जिल्ला समिति घोषणा गरिएको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीले मनबहादुर तामाङ अध्यक्ष रहनेगरी ३१ सदस्यीय युवा संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा नरेश बराम र भुजन गुरुङ, सचिवमा कैलाश पोख्रेल र सह सचिव सचिन गुरुङ रहेका छन् । संघमा तीन सदस्य मनोनयन गर्न बाँकी रहेको समाजवादी पार्टी गोरखाका अध्यक्ष नारायण खत्रीले जानकारी दिए । जिल्लाको सबै स्थानीय तहस्तरीय संघ पनि गठन गर्ने उनको भनाई छ ।

जसअनुसार संघको गोरखा नगरपालिका समितिमा कर्ण गुरुङ अध्यक्ष र दिपक शाही सचिव चयन भएका पार्टीका अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्