| शनिबार, कार्तिक २८, २०८३

मानव बेचविखन तथा ओसारपोसार विरुद्धको १३ औं राष्ट्रिय दिवसमा ¥याली

मानव बेचविखन तथा ओसारपोसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अबसरमा गोरखा सदरमुकाममा ¥याली निकालिएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ¥याली निकालेको हो । जिल्ला प्रशासन कार्यालयको गेटदेखि पुरानो बसपार्कसम्म भएको ¥यालीमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी,जिल्लाका सरकारी तथा गैह्रसरकारी कार्यालयका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको सहभागिता थियो । ¥याली पछि पुरानो बसपार्कमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, गोरखा नगरपालिकाकी उप मेयर विनाकुमारी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका एस पि ओम अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको अध्यक्षतामा भएको हो । दिवसकै अबसरमा गोरखामा भदौ १४ गतेदेखि सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रम भएका छन् । मानव बेचविखन तथा ओसारपोसार विरुद्धका जानकारीमुलक फ्लेक्स विभिन्न ठाउँमा राखिएको छ । यस्तै, विभिन्न विद्यालय तथा क्याम्पसमा यससम्बन्धी चेतनामुलक कार्यक्रम हुनुका साथै सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको एस पि अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्