| आइतवार, कार्तिक २९, २०८३

गोनपा ११ को आयोजनामा तीज गीत प्रतियोगिता

तीज पर्वका अवसरमा गोरखा नगरपालिका वडा नम्वर ११ को आयोजनामा तीज गीत प्रतियोगिता भएको छ ।
प्रतियोगितामा बर्थोक टोल विकास संस्था पहिलो, वरभञ्ज्याङ टोल विकास संस्था दोस्रो र नयाँ वस्ती टोल विकास संस्था तेस्रो भएका छन् भने बाह्र किलो टोल विकास संस्था र तल्लो ओख्ले टोल विकास संस्थाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा वडा भित्रका १३ टोल विकास संस्थाको सहभागीता रहेको थियो ।
पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः १५ हजार, १० हजार तथा सान्त्वना स्थान प्राप्त गरेका दुई टोल विकास संस्थाले १५, १५ शय रुपैया पुरस्कार पाएका छन् । यस्तै उत्कृष्ट नृत्य गर्ने ९ जनालाई चाँदीका सिक्का, पाउजू, सारी, मोबाइल, घडी लगायत जिन्सी सामग्री पुरस्कार दिइएको छ ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण वस्नेत, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेकपा गण्डकी प्रदेश सदस्य भगवती तिवारी र वडाध्यक्ष रामबहादुर खड्काले विजयी समूहलाई पुरस्कार प्रदान गरे ।
सो क्रममा बोल्दै मन्त्री वस्नेतले वडाले आवश्यक सडक निर्माण र स्तरोन्नतीको प्रस्ताव ल्याएमा प्रदेश सरकारले वजेटको बन्दोबस्त गरिदिने बताए ।
नगरप्रमुख पन्तले वडामा स्वास्थ्य चौकी, आफ्नै वडा कार्यालय निर्माण सहित महिलाहरुको आर्थिक विकासमा सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्