| आइतवार, कार्तिक २९, २०८३

छिटो र उचित मुआव्जा निर्धारण गर्न आरुघाटबासीको माग

बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुवानमा पर्ने आरुघाट, आर्खेत क्षेत्रका बासिन्दालाई मुआव्जाको तयारी बारे आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले छिटो र उचित मुआव्जा वितरण गर्न माग गरेका छन् । प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समिति, पत्रकारलगायतले मुआव्जा निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तथा आयोजनाको वातावरण, मुआव्जा वितरण, पुनर्वास, पुनस्थापना इकाइलाई मुआव्जा निर्धारण र वितरणको व्यवस्था छिटो मिलाउन आग्रह गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सांसद हरि अधिकारी, गण्डकी प्रदेश सरकारका मन्त्रीहरु रामशरण बस्नेत र लेखबहादुर थापा, आरुघाट गाउँपालिकाका प्रमुख तथा काङ्ग्रेसका जिल्ला सचिव पूर्ण दाहाल, नेकपाका कृष्ण नेपाली, समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष नारायण खत्री, पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापा, सरोकार समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।
‘उचित मुआव्जा यथासिघ्र बाँड्नुप¥यो । त्यसका लागि हामीले आफ्नो ठाउँबाट जे सहयोग गर्नुपर्छ तयार छौं भन्ने धारणा सबैबाट आयो’, पत्रकार किशोरजंग थापाले भने, ‘मुआव्जा निर्धारण गर्दा स्थापित व्यापारिक केन्द्र आरुघाट, आर्खेत बजारको महत्वलाई ध्यान दिनुपर्ने पनि सबैले आग्रह गरेका थिए ।’
मुआव्जा निर्धारण समितिका संयोजक प्रजिअ लामिछानेले यस बिषयमा आफू गम्भीर रुपमा लागिरहेकाले यथासीघ्र निर्धारण र वितरणको तयारी गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्