| आइतवार, कार्तिक २९, २०८३

चुमनुब्रीका युवाहरु काठमाडौंमा संगठित

काठमाडौंमा बस्ने चुमनुब्री गाउँपालिकाका युवाहरुले चुमनुब्री युवा आवाज नामको फोरम गठन गरेका छन् । आफ्नो गाउँपालिकाभित्रका सम्पुर्ण युवाहरुलाई एकजुठ गराई एउटाको दुखलाई समुहले समाधान गर्ने लक्ष्य राखेर गत शनिबारको भेलाले साझा फोरम गठन गरेको सचिव समिर गुरुङले जानकारी दिए ।

सो समूहको अध्यक्षमा छेकम्पारका कर्मसन्दूक लामा रहेका छन् । उपाध्यक्षमा सल्लेरीका सन्देश गुरुङ, सचिवमा फिलिमका समीर गुरुङ, सहसचिवमा न्याकका थर्सिङ गुरुङ, कोषाध्यक्षमा पाङसिङ हेमन्त गुरुङ, सहकोषाध्यक्षमा पाङसिङका देवेन्द्र गुरुङ रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा पाङसिङका रोमन गुरुङ र घट्टेखोलाका राजकुमार गुरुङ रहेका सचिव समीर गुरुङले जानकारी दिए ।

एक थुकी सुकी, सय थुकी नदी भन्ने मुल नाराका साथ गठन गरिएको सो क्लवले जनाएको छ । ‘फोरमले गोरखाको विकट गाउँ चुम नुब्रीका विद्यार्थीहरु काठमाडौ आउँदा पर्ने विभिन्न समस्यलाई समाधान गर्नेछ’, सचिव गुरुङले भने ‘सुरुमा काठमाडौ आएको विद्यार्थीलाई एक्लोपनको महसुस नहोस् र मेरो पनि एउटा समुह छ भने महसुस होस भनेर यो संस्था खोलिएको हो ।’

प्रतिक्रिया दिनुहोस्