| आइतवार, कार्तिक २९, २०८३

गोरखा नगरपालिकामा ११ सय ३६ घर प्रबलिकरण गर्नुपर्ने

गोरखा नगरपालिकामा भूकम्पले क्षति पुगेका ११ सय ३६ घर प्रबलिकरण गर्नुपर्ने देखिएको छ । राष्टिूय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार सो संख्याका घर प्रबलिकरण गर्नुपर्ने गोरखा नगरपालिकाको आयोजना तथा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहजिकरणमा भएको प्रबलिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा जानकारी दिइएको हो। । कार्यक्रममा मेयर राजनराज पन्तले प्राधिकरणबाट प्रबलि करण सम्बन्धी कार्यविधि बनिसकेको अवस्थामा स्थानीयस्तरमा सरोकारावाला निकायबीच समन्वय गरेर सबै वडामा प्रबलिकरणको कामलाई तिब्रता दिन समस्या नरहेको बताए । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइ जिमालीका प्रमुख रामशरण आचार्य, जिल्ला कार्यान्वयन इकाई भवनकी प्रमुख सुनिताश्रेष्ठ, स्टूक्चरल इन्जिनियरका विज्ञ राजेन्द्र देशाइ, परियोजनाका जिल्ला संयोजक राम सापकोटा लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा गोरखा नगरपालिकाका जनप्रतिनिधि, प्राविधिक, कर्मचारी लगायतको सहभागिता रहेको संस्थाकी सञ्चार अधिकृत तारा ढकालले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्