
गाँजाका ३,५०० बोट नष्ट
दरौंदी ः जिल्ला प्रहरी कार्यालयले जिल्लाभित्र रहेका गाँजाको बोट नष्ट पार्ने अभियानलाई तिब्रताका साथ अघि बढाएको छ ।
हालै शहिद लखन गाऊँपालिका वडा नम्वर १ का विभिन्न ठाउँमा फैलिएको गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ । वडा कार्यालय, इलाका प्रहरी कार्यालय मनकामना, नागरिक निगरानी समूह र युवा क्लवहरुको सक्रियता मा गाँजाका बोट फँडानी गरिएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रको करिब ३ हजार ५ शय गाँजाका बोट नष्ट गरिएको छ । बाँकी रहेका ठाउँमा पनि खोजी गरी नष्ट गर्ने वडाध्यक्ष गिरबहादुर केसीले जानकारी दिए ।




