
नेपाल महिला संघको ७२ औं स्थापना दिवस
नेपाल महिला संघ, गोरखा नगरसमितिले संघको ७२ औं स्थापना दिवस मनाएको छ ।
शुक्रबार बिहान बालमन्दिर अनाथालयमा सहयोग हस्तान्तरण कार्यक्रम गरी दिवस मनाएको हो ।
सो अबसरमा नगर समितिले त्यहाँका अनाथ बालबालिकालाई पकाउने चलाउने भाँडाकुँडाहरु प्रदान गरेको थियो । प्रेसरकुकर, राइसकुकर, चिया खाने कप, पानी तताउने भाँडा लगायतका सामग्री प्रदान गरेको नगरसमितिकी सभापति विनाकुमारी श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शुकदेव दवाडी, महिला संघ, नगरसमितिकी सभापति श्रेष्ठ तथा उपसभापति धनकुमारी पुडासैनीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




