| आइतवार, कार्तिक २९, २०८३

स्वास्थ्यकर्मीको मनोबलमा असर नपर्ने गरी समायोजन गर्न माग

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रका कर्मचारीको मनोबलमा असर नपर्ने गरी कर्मचारी समायोजन गर्न माग गरेको छ ।

गोरखामा भएको संघको तेस्रो बैठकले निश्चित मापदण्डका आधारमा स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजन गर्न माग गरेको हो ।

स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजन गर्दा तहगत रुपमा समायोजन गरी यथासक्य छिटो दरबन्दी सृजना गरी समायोजन सूची प्रकाशीत गर्न संघले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ । उक्त मन्त्रालयले गरेको समायोजन अनुसार नै पदस्थापन गर्न संघले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय सहित सामाजिक विकास मन्त्रालयको पनि ध्यानाकर्षण गराएको बैठकपछि जारी गोरखा घोषणापत्रमा उल्लेख छ ।

संघले स्थानीय र प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्दा श्रमऐन २०७४ विपरीत कम पारीश्रमिकमा करार सम्झौता गरेको पाईएकोले यस्ता कार्य सच्याउन पनि माग गरेको संघका सहसचिव नवराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्